Need Help ?
Call: +977- 088520074

वृहत शैक्षिक अन्तरक्रिया तथा प्रतिबद्धता बारे अत्यन्त जरुरी सूचना

प्रकाशित मिती:  २०७३।८।६

मिति २०७३ मंसिर ६ गतेकाे जिल्ला शिक्षा कार्यालय सल्यान  र शिक्षक महासंघकाे वैठककाे निर्णयानुसार मिति २०७३ साल मंसिर ११ गते बिहान ठिक १० वजे श्री त्रिभुवन जन माध्यामिक विद्यालय लुहापिङ खलंगामा बृहत शैक्षिक अन्तरक्रिया तथा प्रतिवद्धता कार्यक्रम सञ्चालन हुने भएकाेले तपसिलमा उल्लेखित महानुभावहरुलाई उपस्थितिकाे लागि हार्दिक अनुराेध गर्दछाैं ।

तपसिल

१‍ माननीय सभासदहरु

२ जिल्लास्थित राजनैतिक दलका प्रमुखहरु

३ जिल्ला शिक्षा समितिका पदाधिकारीहरु

४ शिक्षक महासंघका पदाधिकारीहरु

५  शिक्षक पेसागत संघ संगठनका प्रमुख एव‌ं प्रतिनिधिहरु

६ विद्यालयका प्रधानध्यापकहरु

७ विद्यार्थी संघ संगठनका प्रमुख एवं प्रतिनिधिहरु

८ विद्याल व्यवस्थापन समितिका अध्यक्षहरु

९ बुद्धिजीवी एवं शिक्षासेवीहरु

१० पत्रकारहरु

११ स्रोतव्यक्तिहरु

१२ प्याब्सन एवं एनप्याब्सनका पदाधिकारीहरु